
काठमाडौं,२० जेठ। नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। आज सुनको मूल्य २ हजार ९०० रुपैयाँले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार २ हजार ९०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ९२ हजार ७०० रुपैयाँ पुगेको छ।
सोमबार प्रतितोला सुनको मूल्य १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। चाँदी प्रतितोला ५५ रुपैयाँले बढेको हो। महासंघका अनुसार चाँदी प्रतितोला २ हजार ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

