


झापा,२०जेठ। सँगै मर्ने, सँगै बाच्ने कसम खाने । तर, सम्बन्धमा दरार उत्पन्न हुन थालेपछि अपराधको बाटो रोज्ने । भर्ममा पारेर खोकीको खोकीको औषधि भन्दै श्रीमतीलाई विष खुवाएर मार्न खोजेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी जिल्ला शम्भुनाथ नगरपालिका–२ घर भई हाल दमक नगरपालिका–१ सुम्निमा टोलका २५ वर्षीय दिलीपकुमार मरिक डोम रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गत चैत १० गते बिहान ८ बजे डोमले आफ्नै श्रीमती रेणु मरिकलाई ज्यान मार्न खोजेका थिए। उनले खोकी लागेका बेला कफ सिरप भनेर श्रीमतीलाई विष खुवाउन खोजेका थिए। त्यसभन्दाअघि पनि आफूलाई आगो लगाई श्रीमानले मार्न खोजेको रेणुले प्रहरीमा बयान दिएकी छिन् ।
उनीहरुका एक छोरा र एक छोरी छन्। घटनापछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी झापा ल्याएको छ। पक्राउ परेका डोममाथी ज्यान मार्ने उद्योग मुद्दा जिल्ला अदालत झापाबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खडकाले जानकारी दिए ।

