
दाङ,२१जेठ। प्रहरीले बलात्कारको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बबई गाउँपालिका-४ हस्नापुरका २७ वर्षीय भूपेन्द्र खत्री रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका खत्रीले १६ वर्षीया बालिकालाई बलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खिलतपुर र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Advertisement

Advertisement
Advertisement

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
कमेन्ट गर्नुस्

