
काठमाडौं,२२जेठ। नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई दिइएको छ ।
बिहीबार प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिएको जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

यसअघि महानिरीक्षकको सचिवालयमा डीआईजी नहुँदा एसएसपी रमेश थापाले प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए। अब थापालाई सहप्रवक्ता एवं सूचना अधिकारी बनाइएको छ। थापा पनि प्रहरी महानिरीक्षककै सचिवालयमा कार्यरत छन्।
कमेन्ट गर्नुस्

