


काठमाडौं,२२जेठ। मकालु हिमालमा फहराइएको सन्देशमुलक ब्यानर ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको छ।
विश्वको पाँचौ अग्लो मकालु हिमालमा दोलखाकी दाबुटी शेर्पाले सन् २०२५ मे २९ मा सफलतापूर्वक आरोहरण गर्दै शिखरमा ब्यानर फहराएकी थिइन्।

बिहीवार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी टेकबहादुर तामाङले उक्त ब्यानर ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेका हुन्।
‘ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट आफू बचौं र अरूलाई पनि बचाऔं’ भन्ने नारा अंकित सन्देशमूलक ब्यानर हस्तान्तरण गरिएको हो । मकालु हिमाल आरोही शेर्पाले उक्त ब्यानर एआईजी तामाङलाई हस्तान्तरण गरेकी थिइन्।

