


काठमाडौं,२३जेठ। प्रहरीले ४५ लाख बढी मूल्य बराबरको सुनसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको पश्चिम बंगालका ३१ वर्षीय महादेव सामान्त रहेका छन्। बा.प्र.०३–००१ ख ३१३९ नम्बरको बसमा काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको अवस्थथामा प्रहरी प्रभाग नागढुंगा र लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले २७४.८३ ग्राम अवैध सुन बरामद सामान्तलाई पक्राउ गरेको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ।

बरामद सुनको बजार मूल्य ४५ लाख ६३ हजार ८२६ रुपैयाँ रहेको पक्राउ परेका उनलाई सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ।

