
काठमाडौं,२३जेठ। सप्तरीमा अभ्यासका क्रममा दुई जना गोताखोर नदीमा डुबेर बेपत्ता भएपछि गृहमन्त्री रमेश लेखक घटनाबारे बुझ्न सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हलचोकमा पुगेका छन्।
उनलाई निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले घटनाबारे जानकारी गराए। सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगबिजय सुबेदीले हिजोको घटना र हाल सशस्त्र प्रहरी बलमा गोताखोरको संख्या, अन्य विपद् उद्धारका तालिम प्राप्त जनशक्ति तथा कामकारबाहीबारे विस्तृत रुपमा जानकारी गराएका थिए।
Advertisement

Advertisement
Advertisement

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकाल र दन्तकाली तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नेत्र कार्कीले पनि भर्चुअल माध्यमबाट घटनाबारे जानकारी गराएका थिए।
गृहमन्त्री लेखकसंगै राज्यव्यवस्था समितिका सभापति रामहरी खतिवडा, निमित्त गृह सचिव जयनारायण आचार्य, सह–सचिव रामचन्द्र तिवारी लगायत गृह मन्त्रालयका पदाधिकारीहरु समेत सहभागी भएका थिए।
गृहमन्त्री लेखकले घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्रालयबाट के गर्न सकिन्छ, त्यसमा लाग्ने बताए। खतराजन्य उद्धारमा खटिने जनशक्तिको जीवन बिमाबारे मन्त्रालयले थप कार्य गर्ने बताउँदै उनले अभ्यासका क्रममा ज्यान गुमाएका राष्ट्रसेवकको शोकलाई शक्तिमा बदल्दै आगामी दिनमा थप सचेत र सुरक्षा अपनाउन जरुरी रहेको बताए।

