


काठमाडौं,२६जेठ। जाजरकोटमा पीडितलाई बाँधेर खुकुरी प्रहार गरेर फरार भएको दुई जनालाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जाजरकोटको कुशे गाउँपालिका–७ का २७ वर्षीय दीपेन्द्र सिंह र २७ वर्षका तप्त सिंह रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए।

प्रहरीले उनीहरुलाई कीर्तिपुरस्थित ट्याङ्लाफाँटबाट पक्राउ गरेको छ। पक्राउ परेका आरोपीहरुविरुद्ध जिल्ला अदालत जाजरकोटबाट पक्राउ पुर्जी जारी भएको छ।
कमेन्ट गर्नुस्

