
पाल्पा,२६जेठ। पाल्पा प्रहरीले जघन्य अपराधमा जोडिएपछि फरार भएका एक जनालाई पक्राउ गरेको छ । २०६८ साल मंसिर ११ गते पाल्पा माथागढी-१ का १८ वर्षिय नरविर नेपालीको ५७ वर्षीय सन्तबहादुर सार्कीले हत्या गरेको आरोप छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी एवं सूचना अधिकारी सुनिल मल्लका अनुसार भारतमा बस्दै आएका सार्की नेपाल आउन लागेको सूचना प्राप्त भएपछि रुपन्देहीको बेलहिया सीमानाकाबाट उनलाई पक्राउ गरिएको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

मृतक नेपाली र अभियुक्त सार्की छिमेकी हुन्। जिल्ला अदालत पाल्पाबाट ६ दिनको म्याद थप घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

