


काठमाडौं,१असार। जिल्ला अदालत काठमाडौंले यौन दुर्व्यवहार कसुरमा मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेललाई दोषी ठहर गरेको छ।
न्यायाधीश खिमानन्द भुषालको इजलासले पोखरेललाई यौन दुर्व्यवहार कसुरमा दोषी ठहर गरेको हो। यद्यपि, बलात्कारको अभियोगमा भने दाबी नपुग्ने आदेश भएको छ।

पोखरेलमाथि आफ्नै घरमा काम गर्ने एक युवतीलाई बलात्कार गरेको आरोपमा ०८० साउन १२ गते जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गरेको थियो।
अदालतले बलात्कारको आरोपलाई यौन दुर्व्यवहारमा परिणत गर्दै पोखरेललाई सो कसुरमा दोषी ठहर गरेको हो।

