
अर्घाखाँची,१असार। अर्घाखाँचीमा श्रीमानको हत्याको आरोपमा श्रीमती पक्राउ परेका छिन्। पक्राउ पर्नेमा छत्रदेव गाउँपालिका-३ शिख्रको २७ वर्षीया मेखमाया कुमाल रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार गए राति घरायसी विषयमा झैझगडा हुँदा श्रीमती मेखमायाले धारिलो हतियार प्रहार गर्दा श्रीमान रामु कुमालको घटनास्थलमै मृत्यु भएको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

श्रीमतीलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

