
धरान,२असार। सशस्त्र प्रहरीले धरान उपमहानगरपालिका–१३ स्थित शिवधाराकोशी लोकमार्गमा ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालय सुनसरीका प्रवक्ता सुधिरजङ्ग थापाका अनुसार भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रक चेकजाँच गर्दा २ हजार १३० किलो गाँजा बरामद भएको हो। साथै, ३१ बोरा अदुवा समेत बरामद गरिएको छ।
Advertisement

Advertisement
Advertisement

ट्रकका चालक र गाँजा ओसारपसारमा संलग्न व्यक्ति भने फरार रहेको र उनीहरुको खोजी कार्य जारी रहेको प्रवक्ता थापाले बताए। बरामद सामग्री र ट्रक आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको प्रहरीले जनाएको छ।

