
काठमाडौं,२असार। देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार धनकुटाको महालक्ष्मी नगरपालिका-७ धरधरेस्थित सडक छेउमा सोही नगरपालिका-१ कटहरेका २५ वर्षीय दिपेश कट्वाल आइतबार मृत अवस्थामा फेला परेका छन्।
यसैगरी डोटीको केआईसिंह गाउँपालिका-३ गोदडा घडिङ्गेस्थित सेती नदी किनारमा पहिचान नभएको ४५ वर्षीय पुरुष मृत अवस्थामा भेटिएका छन्।
Advertisement

Advertisement
Advertisement

बाँकेको नेपालगंज उपमहानगरपालिका-१० औद्योगिक क्षेत्रस्थित सडकमा पनि अन्दाजी ५० वर्षीय पुरुषको शव बरामद भएको प्रहरीले जनाएको छ।
यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका-१२ टरीगाउँका ७५ वर्षीय जगलाल चौधरी सोही ठाउँस्थित आफ्नै खेतमा मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

