Close Menu
    What's Hot

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    २०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    २०८३ कार्तिक २१, शुक्रबार २२:४० गते

    बोकाको भाडाले विवाद कुटपिटसम्म, दुई जना प्रहरी नियन्त्रणमा

    २०८३ कार्तिक २१, शुक्रबार २२:२९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते0
    प्रमुख समाचार

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:४० गते0
    प्रमुख समाचार

    बोकाको भाडाले विवाद कुटपिटसम्म, दुई जना प्रहरी नियन्त्रणमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:२९ गते0
    फोकस लुम्बिनी

    आनी छोइङको नियुक्ति विरुद्ध लुम्बिनीमा प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २१:२८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » नेपालले १२ वर्षपछि स्कटल्यान्डलाई हरायो
    खेलकुद

    नेपालले १२ वर्षपछि स्कटल्यान्डलाई हरायो

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ असार ३, मंगलवार २३:३५ गते
    फाइल फोटो ।
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,३असार। नेपालले १२ वर्षपछि स्कटल्यान्डविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ। स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गर्दै २०१३ यता पहिलोपटक जित आफ्नो नाममा दर्ज गरेको हो।

    तितवुड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले ९७ रन बनाएको थियो। ९८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    अन्तिम ओभरमा जितका लागि ४ रन चाहिएको अवस्थामा १९.४ ओभरमा नेपालले आठौं विकेट गुमायो। नेपाललाई जितको लागि १ रन मात्रै चाँहिदा किरण ठगुन्ना क्याच आउट भए। करण केसी ३ र सन्दीप लामीछाने १ रनमा अविजित रहे।

    नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए। उनले ३५ बलमा ४ चौका प्रहार गरे। नेपालले पहिलो विकेटको रुपमा २.४ ओभरमा लोकेश बमलाई गुमाए। २१ रन बनाउँदा नेपालले पहिलो विकेट गुमाएको हो। उनलाई ब्रान्डन म्याकमुलेनले जर्ज मुन्सेको हातमा क्याच गराएका हुन्।

    ३.१ ओभरमा नेपालले दोस्रो विकेटको रुपमा अनिल शाहलाई गुमायो। उनी ३ रन बनाउँदै ज्याक जार्भिसको बलमा बोल्ड भए। पावरप्लेमा २ विकेट गुमाउँदै नेपालले ३१ रन बनायो। त्यसपश्चात् ७.२ ओभरमा कप्तान रोहित पौडेलको विकेट गयो। उनलाई ७ रनमा सफ्यान सरिफले बोल्ड आउट गरेका थिए। १० ओभरमा नेपालले ३ विकेट गुमाउँदै ४९ रन बनाएको थियो।

    १२.१ ओभरमा नेपालले चौथो विकेटको रुपमा कुशल भुर्तेललाई गुमायो। उनलाई मार्क वाटले एलबीडब्ल्यू आउट गराएका हुन्। पाँचौं विकेटको रुपमा नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरीको विकेट गयो। १४.६ ओभरमा १४ रन बनाउँदै क्याच आउट भए। छैटौं विकेटको रूपमा बसिर अहमद १३ रनमा माइकल लिस्कको हातबाट कट एण्ड बोल्ड भए। सातौं विकेट रुपेश सिंहको गयो। उनी ६ रन बनाउँदै क्याच भए।

    स्कटल्यान्डका लागि माइकल लिस्क रसफ्यान सफिकले समान २-२ विकेट लिए। ब्रान्डन म्याकमुलेन, मार्क वाट, ज्याक जार्भिस र जास्पर डेविटसनले समान १-१ विकेट लिए।

    त्यसअघि ब्याटिङ गरेको स्कटल्यान्ड १९.४ ओभरमा अलआउट हुँदै ९७ रन मात्रै बनाएको थियो। स्कटल्यान्डका लागि मिचेल लिस्कले सर्वाधिक ४६ रन बनाए। उनले ४६ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

    ओपनरद्वय जर्ज मुन्से र मार्क वाटले क्रमशः ८ र १ रन बनाउँदै पेभेलियन फर्किए। ब्रान्डन म्याकमुलेनले १० रन बनाउँदा कप्तान म्याथ्यु क्रसले १५ रन बनाउँदै पेभेलियन फर्किए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

    नेपालका लागि सन्दीप लामीछानेले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा १ मेडनसहित ११ रन खर्चिए। करण केसी र दीपेन्द्र सिंह ऐरीले २-२ विकेट लिए। ललित राजवंशीले १ विकेट लिए। नेपालले शृंखलाको पहिलो खेलमा नेदरल्यानड्ससँग तेस्रो सुपर ओभरमा हार व्यहोरेको थियो।

    नेपालले १२ वर्षपछि स्कटल्यान्डसँग टी-२० फर्म्याटको खेल खेलेको थियो। यो नेपाल र स्कटल्यान्डको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल थियो। यसअघि नेपालले २०१३ मा पहिलो पटक स्टकल्यान्डसँग आइसीसी विश्वकप टी-२० क्वालिफार्यस खेलेको थियो। जसमा नेपाल ८ विकेटले पराजित भएको थियो।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    क्रिकेट स्कटल्यान्ड
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    २०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    २०८३ कार्तिक २१, शुक्रबार २२:४० गते

    आनी छोइङको नियुक्ति विरुद्ध लुम्बिनीमा प्रदर्शन

    २०८३ कार्तिक २१, शुक्रबार २१:२८ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.