
बुटवल,४असार। रुपन्देही प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित जडिबुटीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्ला,कन्कासुन्दरी गाउँपालिका–४ का ४८ वर्षीय सुकबहादुर बुढा रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीका अनुसार बुधवार इलाका प्रहरी कार्यालय बुटवलको टोलीले विशेष सूचनाको आधारमा बुटवल उपमहानगरपालिका–२ स्थित भिमसेन टोलबाट २८ लाख १७ हजार ५ सय मूल्य बराबरको १६ केजी १०० ग्राम (५,६३५ पिस) पाँचऔले जस्तो देखिने प्रतिबन्धित जडिबुटी बरामद गरेको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

साथै, कुट्की जस्तो देखिने ९ केजी ६०० ग्राम पदार्थ, गिद्ध सिङे ५ थान र रुद्राक्ष ३ थान बरामद भएको उनले बताए।
बरामद सामग्री र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि सैनामैना सव डिभिजन वन कार्यालय रुपन्देहीमा बुझाइएको रुपन्देही प्रहरीले जनाएको छ।

