


भैरहवा,४असार। भैरहवास्थित लुम्बिनी एम्युजमेन्ट पार्क एण्ड रिसोर्ट प्रालि (एक्वा पार्क) को ‘स्वीमिङ पुल’मा डुबेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ।
सिद्धार्थनगर नगरपालिका-१ स्थित एक्वा पार्कको ‘स्वीमिङ पुल’मा पौडी खेल्ने क्रममा भारतको नौतनवाका साइल अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले बताए।

लुम्बिनी एम्युजमेन्ट पार्कले सुरक्षा मापदण्डमा वेवास्ता गर्दा भारतीय नागरिकले ज्यान गुमाउनु परेको भन्दै आलोचना भइरहेको छ।
कमेन्ट गर्नुस्

