


काठमाडौं,५असार। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो बढी सुनसहित एक महिलालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा भारतको मिना सुर्जित सिंह रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुबईबाट एयर अरेबियाको विमानमा आएकी सिंहले मलद्धारमा प्लास्टिकले बेरेको तीन वटा डल्लामा एक किलो १५९ ग्राम सुन लुकाएर ल्याएको अवस्थामा बरामद भएको हो।

घटनाको थप अनुसन्धान तथा कारबाहीका लागि सिंह र सुन विमानस्थल भन्सार कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

