
काठमाडौं,७ असार। रोजगारीको प्रलोभन देखाउँदै भारतमा बन्धक बनाइएका ३५ जना नेपाली नागरिकको उद्धार गरिएको छ।
दिल्लीस्थित नेपाली राजदूतावासका अनुसार भारतको उत्तराखण्डस्थित काशिपुर क्षेत्रमा बोलाएर बन्धक बनाइएका नेपालीहरुलाई कुटपिट र यातना दिँदै जबरजस्ती रकम असुली गरिएको थियो। प्राप्त सूचनाका आधारमा उत्तराखण्ड प्रहरी र ‘किन इन्डिया’ संस्थाको सहकार्यमा उनीहरुको उद्धार गरिएको दूतावासले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

उक्त घटनासँग सम्बन्धित केहि व्यक्तिलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको छ। त्यस्तै, उत्तराखण्डको अन्य स्थानमा बन्दी बनाइएका, थप नेपाली युवाहरुको खोजी र उद्धार कार्य जारी रहेको छ ।
साथै उद्धार गरिएका व्यक्तिहरूलाई कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाइने पनि दूतावासले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

