Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:३५ गते0
    प्रमुख समाचार

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:२१ गते0
    प्रमुख समाचार

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:१५ गते0
    विशेष

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:०२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रुपन्देही प्रहरीद्वारा धमाधम समातिँदै तस्करीका सामान
    अर्थ

    रुपन्देही प्रहरीद्वारा धमाधम समातिँदै तस्करीका सामान

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ असार ८, आईतवार ००:०० गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,७असार। रुपन्देही प्रहरीले अवैध रुपमा भन्सार तथा राजश्व छली गरी चोरी पैठारी गरिएका करिब १२ लाख ६८ हजार बढी रुपैयाँ बराबरका विभिन्न सामग्रीहरु बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका विभिन्न प्रहरी युनिटहरुले विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा ती सामानहरु बरामद गरेका हुन्।

    रुपन्देहीको प्रहरी प्रमुखको रुपमा एसपी प्रदीप बहादुर क्षेत्रीले कमाण्ड सम्हालेपछि रुपन्देही प्रहरी सक्रिय भएको छ। खुल्ला सीमानाबाट दैनिक लुकछिपी भित्राउने गरिएको लाखौं रुपैयाँको बराबर विभिन्न सामाग्रीहरु प्रहरीले दैनिक बरामद गर्दै आएको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीद्वारा जारी विज्ञप्तीका अनुसार, बरामद गरिएका सामग्रीहरुमा चिनी, पास्ता, बच्चाका खेलौना, मिठाई, कपाल उमार्ने जेल, विभिन्न कम्पनीका मोबाइलका डिस्प्ले तथा पार्टपुर्जा, माछा, अटो रिक्सा र टायल्स लगायतका सामानहरु रहेका छन्।

    कहाँबाट के-के बरामद भयो ?

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका-६ गल्मलामण्डीबाट १० बोरा चिनी, १ बोरा पास्ता, बच्चाका खेलौना र मिठाई बरामद गरेको छ। सोही टोलीले मायादेवी गाउँपालिका-५ मकरी चोकबाट कपाल उमार्ने जेल ६८ प्याकेटसहित करिब ७४ हजार ३ सय रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको छ।

    त्यस्तै, वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका-८ अञ्चलपुरबाट विभिन्न कम्पनीका २८८ पिस एन्ड्रोइड फोनका डिस्प्ले, मोबाइल २ थान, सामसुङ ट्याब कम्बो डिस्प्ले ४ थान र एप्पल आइफोन डिस्प्ले ८ थान सहित करिब ४ लाख ५ हजार ६ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

    इलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको टोलीले कोटहीमाई गाउँपालिका-६ पर्सियाबाट मर्चवारी गाउँपालिका-३ का २१ वर्षीय मुकेश केवटले चलाएको यूपी ५३ एएन ३८४८ नम्बरको मोटरसाइकलमा ल्याइएको ४० किलो माछासहित मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ। माछा र मोटरसाइकलको अनुमानित मूल्य ५२ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

    यसैगरी, प्रहरी चौकी सुक्रौली आमाले लुम्बिनी सांस्कृतिक नगरपालिका-१ रामनगरबाट लु-प्र-०१-००१ ह ०७२१ र लु १ ह ५०४२ नम्बरका अटो रिक्सा र ४० पेटी टायल्ससहित करिब ६ लाख ८२ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

    अस्थायी प्रहरी चौकी रमवापुरबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका-४ चाँदनी चोकबाट सोही गाउँपालिका-२ का १८ वर्षीय सिकेन्द्र बानियाले चलाएको लु ६७ प ९०९० नम्बरको मोटरसाइकलमा चना २ बोरा, बदाम १ बोरा, स्याम्पु १ कार्टुन र मिठाई १२ प्याकेट सहित करिब ५४ हजार ८ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

    नियन्त्रणमा लिइएका सामग्री आवश्यक कार्यवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया र पशु क्वारेन्टाइन कार्यालय बेलहिया, रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    –यो एआईद्वारा सम्पादित समाचार हो ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    इलाका प्रहरी कार्यालय मझगाँवा जिल्ला प्रहरी कार्यालय रुपन्देही तस्करी नेपाल प्रहरी प्रहरी चौकी रमवापुर प्रहरी चौकी सुक्रौली आमा रुपन्देही प्रहरी वडा प्रहरी कार्यालय भैरहवा
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    २०८३ कार्तिक ११, मंगलवार १७:१५ गते

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    २०८३ कार्तिक ११, मंगलवार १७:०२ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.