


भैरहवा,९असार। रुपन्देहीको मर्चवारमा सोमबार बिहान चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मर्चवारी गाउँपालिका-३ महाराजगन्जकी ४५ वर्षीया प्रमिला यादव रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक धनदेव साउदका अनुसा यादव सोमबार बिहान खेतमा धान रोप्न क्रममा उनलाई चट्याङ लागेको थियो।

चट्याङ लागेर बेहोस भएकी यादवको भैरहवास्थित भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले बताए।
कमेन्ट गर्नुस्

