


काठमाडौं,९असार। अभिनेता अनमोल केसी र चलचित्र ‘फर्की फर्की’को टिमविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।
जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार आफ्नो फोन नम्बर दुरुपयोग गरेको भन्दै साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले मुद्दा दर्ता गराएका हुन्।

उक्त फिल्ममा आफ्नो फोन नम्बर दुरुपयोग गरिएको र यसले आफूलाई मानसिक र शारीरिक रुपमा हानी पुगेको उनले दायर गरेको रिटमा उल्लेख छ । उनले वारेसमार्फत सोमबार मुद्दा दायर गरेका हुन्।
कमेन्ट गर्नुस्

