


धनकुटा,११असार। प्रहरीले महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटा नगरपालिका-८ सान्ताङका ५२ वर्षीय खड्ग बहादुर राई रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार ५० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा राईलाई पक्राउ गरिएको हो।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कमेन्ट गर्नुस्

