
भैरहवा,१२असार। रुपन्देही प्रहरीले राजस्व छली गरेर ओसारपसार गरिरहेको प्रिन्टर र प्रेससम्बन्धिका सामग्रीहरु बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले रोहिणी गाउँपालिका ४ छिपागढस्थित लु २ च १९३८ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा बिलबिजक भन्दा बढी प्रिन्टर र प्रेससम्बन्धिका करिब साढे १२ लाख मूल्य बराबरको सामग्री बरामद गरिएको रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले बताए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनका अनुसार नवलपरासीको पालिनन्दन गाउँपालिका-२ का १९ वर्षीय गाडी चालक साहिद कुजडा र घटनामा संग्लनमा आरोपमा भारतको महाराजगंज जिल्ला राजावारी ठुठिबारीका ४० वर्षीय सिताराम रौनियारलाई नियन्त्रणमा लिइएको छ।
बरामद सामग्री, गाडी र नियन्त्रणमा लिइएका व्यक्तिहरुलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

