
भैरहवा, १४ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रुपन्देहीमा पाँच हजार बढी विद्याथी अवर्गीकृत (नन ग्रेड) भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय रुपन्देहीका अनुसार एसईईको नतिजामा जिल्लामा साधारण र प्राविधिकतर्फ गरी कुल पाँच हजार एक ५४ विद्यार्थी नन ग्रेड भएका छन् ।
Advertisement

Advertisement
Advertisement

कार्यालयका अनुसार नियमित (साधरण) तर्फ १७ हजार दुई सय ८४ जना परिक्षार्थी रहेकोमा १२ हजार २ सय ८७ जना (७१.१ प्रतिशत) वर्गीकृत (ग्रेडेड) भएका छन् भने ४ हजार ९ सय ९७ जना (२८.९ प्रतिशत) अवर्गीकृत भएका छन् ।
त्यस्तै नियमित (प्राविधिक) तर्फ ४ सय २० जना परिक्षामा सहभागी भएका थिए । जस अनुसार २६३ जना (६२.६ प्रतिशत) वर्गीकृत भएका छन् भने १५७ जना (३७.४ प्रतिशत) अवर्गीकृत भएका छन् ।
नतिजामा १.६ जीपीए अंक भन्दा कम आउने अवर्गीकृतमा पर्छ । ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका विद्यार्थीहरुका लागि परिक्षा बोर्डले पुरक परिक्षाको व्यवस्था गरेको । बोर्डले साउन २९ गतेदेखि पुरक परिक्षा संचालनका लागि तालिका सार्वजनिक गरेको छ ।
हेर्नुहोस् परिक्षाको तालिकाः


