
भैरहवा,१४ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रुपन्देहीका ८८ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय रुपन्देहीका अनुसार जिल्लाको ३२ वटा विद्यालयका ८८ जना विद्यार्थीले ४ जीपीए ल्याएका हुन् । जिल्लामा कुल १७ हजार ७ सय चार जना विद्यार्थीहरु परिक्षामा सहभागी भएका थिए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

कार्यालयका अनुसार नियमित (साधरण) तर्फ १७ हजार दुई सय ८४ जना परिक्षार्थी रहेकोमा १२ हजार २ सय ८७ जना (७१.१ प्रतिशत) वर्गीकृत (ग्रेड) भएका छन् भने ४ हजार ९ सय ९७ जना (२८.९ प्रतिशत) अवर्गीकृत (नन ग्रेड)भएका छन् ।
त्यस्तै नियमित (प्राविधिक) तर्फ ४ सय २० जना परिक्षामा सहभागी भएका थिए । जस अनुसार २६३ जना (६२.६ प्रतिशत) वर्गीकृत भएका छन् भने १५७ जना (३७.४ प्रतिशत) अवर्गीकृत भएका छन् ।
जिल्लामा सबैभन्दा बढी शान्ति नमूना माध्यमिक विद्यालयका १८ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । त्यस्तै न्यू होराईजन इङ्लिस बोर्डिङ सेकेण्डरी स्कूलका ११ जना र अक्सफोर्ड सेकेण्डरीका १० जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।
कुन विद्यालयका कति विद्यार्थीले ल्याए ४ जीपीए ? हेर्नुहोस् सूची:


