


नवलपुर,१६असार। पूर्वी नवलपरासीको दुम्कीवासस्थित बिनयी खोलामा नवनिर्मित पक्की पुलमा अगामी शनिबारदेखि सवारीसाधन सञ्चालनमा आउने भएको छ।
५२ वर्षअघि बिनयी खोलामाथीको फलामे पुलमा ओभरलोड मालबहाक गाडी गुड्दा गत पुस २६ गते भाँच्चिएको थियो।

नारायणगढ-बुटवल सडक आयोजना पूर्वी खण्डका प्रमुख ईश्वर बहादुर रिजालले पुल निर्माण कार्य सकिएको र शानिबार साँझदेखि पुलबाट यातायात संचालन गर्न सकिने गरी काम भइरहेको बताए।
कमेन्ट गर्नुस्

