


धनुषा,१८ असार। धनुषाको जनकपुरधामस्थित हनुमाननगरमा एक वृद्धको हत्या गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरि रेग्मीका अनुसार जग्गासम्बन्धी घरायसी विवादको कारण जनकपुरधाम-२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले ७० वर्षीय बासुदेवप्रसाद विमललाई घरमै चक्कु प्रहार गरेका हुन्। नातामा दुवैजना ज्वाइँ-ससुरा पर्छन।

हत्याको आरोप विमलका ज्वाइँ बेचन महासेठमाथि लागेको छ। घटनापश्चात ज्वाइँ महासेठ फरार भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चक्कु प्रहार भएपछि विमलका नातिले जनकपुरस्थित प्रादेशिक अस्पतालमा पुर्याए लग्त्तै चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

