
भैरहवा,२१ असार। भैरहवामा क्रियाशील सामाजिक संस्था जगर्स ग्रुपले लुम्बिनीस्थित ओशो जेतवनमा वृक्षारोपण गरेको छ। संस्थाका सदस्य स्व. प्रदीप अग्रवालको सम्झनामा शनिबार ओशो ध्यान केन्द्रको क्षेत्रभित्र वृक्षारोपण गरिएको जगर्स ग्रुपका सचिव अनिल केसीले बताए। अग्रवालको चार वर्षअघि निधन भएको थियो।
जगर्शका अध्यक्ष प्रियबन्धु न्यौपानेका अनुसार १३ प्रजातीका विरुवा वृक्षारोपण गरिएको हो । ‘हामीले हाम्रा सदस्य प्रदीपजीको सम्झना र सामाजिक कार्य अन्तर्गत वृक्षारोपण गरेका हौं’,उनले भने, ‘ओशोको आश्रम क्षेत्र भएकाले उत्पादनमूलक र फलफूलका विरुवा रोपिएको छ।’
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनले जगर्श सधैं सामाजिक कार्यमा क्रियाशील रहँदै आएको बताए । संस्थाले गरिब तथा विपन्नलाई आर्थिक सहयोग, स्वास्थ्य शिविर, रक्तदान, दैविप्रकोपबाट क्षति व्यहोरेका परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग र विभिन्न विद्यालय एवं अनाथ आश्रमहरुलाई शैक्षिक सामाग्री समेत सहयोग गर्दै आएको न्यौपानेले जानकारी दिए।
कार्यक्रम संयोजक कृष्णप्रसाद अधिकारीका अनुसार आँप, लिची, रक्तचन्दन, अम्वा, कागती, जामुन, कटहर लगायतका दर्जनौं विरुवा ओशो आश्रमस्थल लुम्बिनीमा वृक्षारोपण गरिएको छ। विरुवा हुर्किएपछि वातावरणलाई स्वच्छ राख्न मद्दत गर्ने र उत्पादनमूलक विरुवा भएकाले आश्रमलाई आवश्यक पर्ने फलफूल समेत आोशो परिसरमा उपलब्ध हुने अधिकारीले जनाए ।
वृक्षारोपण कार्यक्रममा जगर्शका पदाधिकारी तथा सदस्यहरु, पूर्वअध्यक्षहरु, सल्लाहकार, ओशो जेतवन लुम्बिनीका प्रमुख तथा ओशोका अनुयायीहरु सहभागी थिए । जगर्शले वृक्षारोपण गर्न ओशोको परिसरलाई रोजेकोमा अनुयायीहरुले खुशी व्यक्त गरेका थिए। वृक्षारोपणपछि जगर्श सदस्यहरुले करिब दुई घण्टा ध्यान समेत गरेका थिए। संस्थामा ५५ जना सदस्य छन् ।

