


काठमाडौं,२१असार। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
पार्टी अध्यक्ष रन्जिता श्रेष्ठका अनुसार पार्टीको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय हो। साथै, पार्टीको तर्फबाट मन्त्री बनेकाले भोलि राजीनामा बुझाउने उनले जानकारी दिइन् ।

केपी ओली नेतृत्वको गठबन्धन सरकारमा नाउपाबाट सांसद अरुण चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन्। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाको तर्फबाट उद्योग पर्यटन वन तथा वातावरणमन्त्री भएका रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपा चिढिएको थियो।
सुदूरपश्चिम प्रदेशमा शुक्रबार समर्थन फिर्ता लिएको नाउपाले आज संघ सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिएको हो ।

