
भैरहवा,२३ असार। नेपाल एसबिआई बैंक लिमिटेड लुम्बिनी प्रदेश कार्यालय, भैरहवाले ह्वील चेयर वितरण र रक्तदान र कार्यक्रम गरेको छ। बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा सोमबार भैरहवा शाखा कार्यालयले बैंक परिसरमा उक्त कार्यक्रम गरेको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी तथा व्यवसायी दुधनाथ जयसवालले एसबिआई बैंकले राम्रो कार्यक्रम गरेको र आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे। बैंकको लुम्बिनी प्रदेश प्रमुख शिव दाहालले ३२ औं वार्षिकोत्सवको अवसरमा बैंकले देशभरका सम्पूर्ण शाखा र प्रदेश कार्यालयहरुमा कार्यक्रम गरेको जनाए। उनले ह्वील चेयर वितरण संस्थागत सामाजिक उत्तरदायित्वको एउटा सानो प्रयास भएको बताए।
Advertisement

Advertisement
Advertisement

बैंकको लुम्बिनी सीड प्रमुख सुवास उपाध्यायले यस्ता कार्यक्रमले बैंक र समाजबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे। भैरहवा शाखा प्रबन्धक दिलिप रायले ह्वीलचेयरको सही सदुपयोग गर्न आग्रह गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे।
व्यवसायी विष्णु आचार्यले बैंक तथा वित्तीय संस्थाहरुले नाफा कमाउने मात्र नभइ सामाजिक कार्य पनि गर्दै आएको बताए ।कार्यक्रममा चेम्बर अफ कमर्स, रुपन्देहीका सह–कोषाध्यक्ष सन्तोष शुक्ला, व्यवसायी अरुण कुमार मिश्र, कृष्ण अर्याल, विभिन्न शाखाका प्रबन्धकहरु, रक्तदाता, स्थानीय लगायतको उपस्थिति थियो ।
कार्यक्रममा अपांगता भएका १२ जना व्यक्तिहरुलाई ह्वील चेयर वितरण गरिएको थियो। ह्वील चेयर पाएपछि सिद्धार्थनगर नगरपालिका–९ का संजय मल्लाहले नेपाल एसबिआई बैंकप्रति आभार व्यक्त गरे।

नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २८ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ।

