


काठमाडौं,२४असार। प्रहरीले १ करोड ४४ लाख रुपैयाँसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वाङ जिएन रहेको प्रहरीले जनाएको छ।
काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँ बस्तीस्थित एक घरमा श्रोत नखुलेको नेपाली रकमको आर्थिक कारोबार भइरहेको सूचनाका आधारमा छापा मारेर रकमसहित चिनियाँ नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

घटनका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको परिसरले जनाएको छ।
कमेन्ट गर्नुस्

