


काठमाडौँ,२९असार। सरकारी कार्यालयहरुले अबदेखि चेक काट्न नपाउने भएका छन् । अर्थ मन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी कुनै पनि प्रकारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न आफू मातहतका सबै निकाय तथा कार्यालयलाई परिपत्र गर्दै निर्देशन दिएको छ।
गत शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले यस सम्बन्धि मन्त्रिस्तरीय निर्णय गरेका थिए । सो निर्णय बमोजिम परिपत्र गरिएको मन्त्रालयको परिपत्रमा उल्लेख छ ।

अहिले सरकारी निकायले गर्ने यस्ता भुक्तानीहरू बैंकिङ च्यानलबाट गर्नुपर्ने व्यवस्था रहे पनि विद्युतीय भुक्तानी अनिवार्य थिएन । त्यसैले अन्तिम समयमा आर्थिक वर्षको अन्तिममा ‘ब्याक डेट’को चेक काट्ने चलन थियो । यो व्यवस्था लागु भएसँगै यो प्रवृत्ति समेत रोकिनेछ ।

