Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » तिलोत्तमाको भ्यु टावरमा पर्यटकीय पूर्वाधार बनाउन मन्त्रालयको सहमति
    अर्थ

    तिलोत्तमाको भ्यु टावरमा पर्यटकीय पूर्वाधार बनाउन मन्त्रालयको सहमति

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ असार ३०, सोमबार २३:३१ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,३०असार। रुपन्देहीको तिलोत्तमा नगरपालिका-१ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा निर्मित बहुउद्देश्यीय भ्यु टावर परिसरमा पर्यटकीय पूर्वाधार निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहमति दिएको छ। यस सहमतिसँगै अब तिलोत्तमा नगरपालिकालाई भ्यु टावरमा आफ्नै लगानीमा पर्यटकीय पूर्वाधार बनाउने कानुनी अड्चन हटेको छ।

    सुरुमा लागत साझेदारीमा निर्माण गर्ने सहमति भए पनि मन्त्रालयबाट बजेट उपलब्ध नभएपछि काम रोकिएको थियो। लागत साझेदारी भएको परियोजनामा नगरपालिकाले एक्लै लगानी गर्दा कानुनी समस्या आउन सक्ने भएकाले नगरपालिकाले मन्त्रालयको सहमति खोजेको थियो। मन्त्रालयले असार २९ गते सचिवस्तरीय निर्णयबाट सहमति दिएपछि टावरमा पर्यटकीय पूर्वाधार बनाउने बाटो खुलेको हो।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    नगर प्रमुख रामकृष्ण खाँणका अनुसार, तिलोत्तमा नगरपालिकाले चालु आर्थिक वर्षमा टावर परिसरमा पूर्वाधार निर्माणका लागि १ करोड खर्च गरिसकेको छ भने आगामी आर्थिक वर्षका लागि थप १ करोड विनियोजन गरेको छ। नगरको गौरवको आयोजनाका रुपमा रहेको यो भ्यु टावर सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनुका साथै रोजगारी सिर्जना र नगरपालिकालाई आर्थिक टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

    वडा अध्यक्ष फर्शुराम गिरीले टावर सञ्चालनमा आएसँगै वनवाटिकाको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने र नगरपालिकालाई नियमित आम्दानीको स्रोत बन्ने बताए। प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले आगामी आर्थिक वर्षमा बाँकी संरचनाहरु निर्माण गरी टावर सञ्चालनमा ल्याउन अब सहज भएको बताए।

    झण्डै ९ करोड लागतमा बनेको टावर सञ्चालनमा नआउँदा सर्वत्र आलोचना भैरहँदा मन्त्रालयले नगरपालिकालाई सहमति प्रदान गरेको हो। मन्त्रालयको सहमतिले अब तिलोत्तमा नगरपालिकालाई पूर्वाधार निर्माणका काम आफैं गर्न सक्ने कानुनी आधार मिलेको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    तिलोत्तमा नगरपालिका भ्यु टावर वनवाटिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.