


नेपालगञ्ज,३१ असार। प्रहरीले लागुऔषध र नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी लक्ष्मी खनालका अनुसार १ हजारका ५१ वटा नक्कली नोट र १९ किलो अफिमसहित कोहलपुरबाट सञ्चालित जनगर्जन नेटवर्क प्रालिमा कार्यरत पत्रकार मनबहादुर सहकारीलाई पक्राउ गरिएको हो।

पक्राउ परेका आरोपीलाई हिरासतमा राखेर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

