Close Menu
    What's Hot

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    २०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    २०८३ कार्तिक २१, शुक्रबार २२:४० गते

    बोकाको भाडाले विवाद कुटपिटसम्म, दुई जना प्रहरी नियन्त्रणमा

    २०८३ कार्तिक २१, शुक्रबार २२:२९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते0
    प्रमुख समाचार

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:४० गते0
    प्रमुख समाचार

    बोकाको भाडाले विवाद कुटपिटसम्म, दुई जना प्रहरी नियन्त्रणमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:२९ गते0
    फोकस लुम्बिनी

    आनी छोइङको नियुक्ति विरुद्ध लुम्बिनीमा प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २१:२८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » लुम्बिनी बौद्ध विश्वविद्यालयको बजेट साढे ४९ करोड
    प्रमुख समाचार

    लुम्बिनी बौद्ध विश्वविद्यालयको बजेट साढे ४९ करोड

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ असार ३२, बुधबार २२:३६ गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,३२ असार। लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औं बैठकले आगामी आर्थिक वर्षका लागि ४९ करोड ५९ लाखको बजेट स्वीकृत गरेको छ।

    प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यद्वारा प्रस्तुत बजेट स्वीकृत भएको हो। बैठकले वार्षिक नीति तथा कार्यक्रम समेत स्वीकृत गरेको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उक्त अवसरमा विश्वविद्यालयको हालको बेरुजु शून्य दशमलव ५ मात्रै भएको बैठकलाई अवगत गराइएको थियो।

    त्यस्तै सभाको बैठकले एकेडेमिक क्रेडिट बैंक स्थापना गर्ने निर्णय गरेको छ। जुनसुकै विश्वविद्यालयमा अध्ययन गरी बीचमै छाडेका विद्यार्थीहरुले आफूले ग्रहण गरेको क्रेडिट बैंकमा जम्मा गरी उपाधिका लागि अपुग रहेको क्रेडिट आवर अध्ययन गरी उपाधि पाउन सक्नेछन्। विश्वविद्यालय यससम्बन्धी विनियम बनाई कार्यान्वयनमा लगिने जनाएको छ।

    सभाको बैठकले स्कूल अफ ल स्थापना, देवदह शिक्षा विकास परियोजनाको गुरुयोजना कार्यान्वयनमा लैजाने समेत निर्णय गरेको छ। बैठकमा पेश भएका नियमावली संसोधन गर्ने निर्णयहरु स्वीकृत भएको सदस्य सचिव एवं रजिष्ट्रार आचार्यले जानकारी दिए।

    बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले बौद्ध दर्शनलाई अन्य विषयहरुमा राखेर प्राध्यपन गराउनु महत्वपूर्ण विषय रहेको बताए। उनले विश्वविद्यालयका हरेक कार्यक्रमहरु बौद्ध दर्शनलाई समेट्नेगरी हुनुपर्ने बताए।

    त्यस्तै सहकुलपति एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले लुम्बिनीलाई बौद्ध अध्ययनको केन्द्रका रुपमा लैजाने गरी शैक्षिक कार्यक्रम तर्जुमा गर्नुपर्ने बताए। उनले अन्य विश्वविद्यालयभन्दा लुम्बिनी बौद्ध विश्वविद्यालय फरक हुनुपर्ने भन्दै विश्वभरका अध्येताहरु बौद्ध दर्शनको अध्ययनका लागि लुम्बिनी आउने अवस्था बनाउनुपर्ने बताए।

    बैठकमा उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले विदेशी विद्यार्थीलाई आकर्षण गर्नेगरी शैक्षिक कार्यक्रमको उपाधि स्थापना, सञ्चालन तथा विद्यार्थी केन्द्रीत शैक्षिक पूर्वाधार निर्माणमा जोड नीति कार्यक्रम तर्जुमा गरिएको बताए।

    एकेडेमिक क्रेडिट बैंक, ड्युल डिग्रीसहितको मोडलमा शैक्षिक कार्यक्रम सञ्चालन गरिने तथा बौद्ध दर्शन केन्द्रित अध्ययन अनुसन्धानलाई जोड दिने उनले बताए।

    उनले देवदहमा २० हजार विदेशी विद्यार्थी भर्ना गर्नेगरी पूर्वाधार निर्माणको थालनी गरिएको भन्दै यो पूर्वाधारले ५० वर्षको आवश्यकता पूरा गर्ने उनले बताए। सभाको बैठकले पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाउने स्वीकृति दिएको भन्दै उनले दातृ निकायलाइ आह्वान गरिने बताए।

    दुई संकाय, एक स्कुल, दुई आंगिक क्याम्पस र १४ वटा सम्बन्ध तथा सहकार्य क्याम्पस रहेको विश्वविद्यालयमा हाल २९ सय २२ जना विद्यार्थी अध्ययनरत रहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    लुम्बिनी बौद्ध विश्वविद्यालय
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    २०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    २०८३ कार्तिक २१, शुक्रबार २२:४० गते

    बोकाको भाडाले विवाद कुटपिटसम्म, दुई जना प्रहरी नियन्त्रणमा

    २०८३ कार्तिक २१, शुक्रबार २२:२९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.