


काठमाडौं,३२असार। सशस्त्र प्रहरीका एसएसपी मनिष थापा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन्।
बुधबार बसेको बढुवा समितिको बैठकले रिक्त डीआईजीमा बढुवाका लागि थापालाई सिफारिस गरेको हो।

डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा भएपछि सशस्त्रमा एउटा डीआईजी पद रिक्त भएको थियो। समितिले बढुवामाथि चित्त नबुझे ७ दिनभित्र उजुरी दिन सक्ने जनाएको छ ।
कमेन्ट गर्नुस्

