Close Menu
    What's Hot

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    २०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    २०८३ कार्तिक २१, शुक्रबार २२:४० गते

    बोकाको भाडाले विवाद कुटपिटसम्म, दुई जना प्रहरी नियन्त्रणमा

    २०८३ कार्तिक २१, शुक्रबार २२:२९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते0
    प्रमुख समाचार

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:४० गते0
    प्रमुख समाचार

    बोकाको भाडाले विवाद कुटपिटसम्म, दुई जना प्रहरी नियन्त्रणमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २२:२९ गते0
    फोकस लुम्बिनी

    आनी छोइङको नियुक्ति विरुद्ध लुम्बिनीमा प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक २१, शुक्रबार २१:२८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रुपन्देही प्रहरीको प्रगति : तस्करी नियन्त्रण देखि फरार समात्नेसम्म
    समाचार

    रुपन्देही प्रहरीको प्रगति : तस्करी नियन्त्रण देखि फरार समात्नेसम्म

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ श्रावण १, बिहीबार १६:५४ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १ साउन । रुपन्देही प्रहरीले गत आर्थिक वर्षमा अवैध रुपमा भन्सार छलेर भित्राइएको १२ करोड ६७ लाख ७१ हजार बढी मूल्य बराबरको विभिन्न सामग्री बरामद गरेको छ।

    वर्षको अन्य महिनाको तुलनामा सबैभन्दा जेठमा २ करोड ९७ लाख बढी र असारमा २ करोड ३८ लाख बढी मूल्यका सामग्री बरामद गरिएको प्रहरीले पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको वार्षिक कार्य प्रगतीमा विवरणमा उल्लेख छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    गत बैशाख २२ गते रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्री जिल्लामा आएपछि प्रहरी आक्रमक रुपमा उत्रिएको छ। उनी आएदेखि जिल्लामा ठूला तस्करी ठप्प छ भने लुकिछिपि भित्र्याउने गरिएको सामानहरु पनि बरामद गर्न थालिएको छ। जिल्लामा एसपी क्षेत्रीको कमाण्डिङका कारण जेठ र असार महिनामा रुपन्देही प्रहरीको प्रगति उल्लेख्य देखिएको छ।

    तस्करी नियन्त्रणसँगै पछिल्लो समयमा तस्करीमा संग्लन व्यक्तिहरुलाई पनि प्रहरीले पक्राउ गर्न थालेको छ। वर्षमा तस्करीमा संग्लन ११३ जना पक्राउ गरिएकोमा सबैभन्दा बढी असारमा ४३ जनालाई पक्राउ गरीएको छ। पक्राउ परेका व्यक्तिहरुलाई कसुर अनुसार आवश्यक कारवाहीका लागि भन्सार, पशु क्वारेन्टाइन, राजस्व अनुुसन्धान कार्यालयमा पठाइएको रुपन्देहीका एसपी क्षेत्रीले बताए।

    यसका साथै तस्करीमा संग्लन ३३४ वटा सवारी साधन नियन्त्रणमा लिइएको उपलब्ध गराइएको तथ्यांकमा उल्लेख छ। जसमध्ये ३०२ वटा मोटरसाइकल, ८ वटा ट्रक, १७ वटा पिकअप, ६ वटा अटोरिक्सा र एउटा ट्याक्टर रहेको छ। सवारी साधन पनि अन्य महिनाको तुलनामा असारमा सबैभन्दा बढी नियन्त्रणमा लिइएको छ।

    रुपन्देही प्रहरीले कपडासहित नियन्त्रणमा लिएको ट्रक । फाइल फोटो ।

    ‘जिल्लाका नाकाहरुमा कडाई गरिएको छ । सबै प्रहरी युनिटहरुलाई सक्रिय बनाएर लाग्दा परिणाम देखिएको हो’,एसपी क्षेत्रीले भने,‘खुल्ला सीमाका कारण नियन्त्रणमा चुनौती रहेपनि लुकिछिपी भित्राइएको सामग्री बरामदगीका साथै संग्लनहरुलाई पक्राउ गरिरहेका छौं।’

    रुपन्देही प्रहरीले अदालतबाट सजाए पाएर फरार प्रतिवादीहरुलाई पनि धमाधम पक्राउ गर्न थालिएको छ। गत आर्थिक वर्षमा प्रहरीले अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद र जरिवाना सजाए पाएका ८२३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जसबाट ५ सय ६ वर्ष २ महिना १२ दिन कैद असुलका लागि अदालत हुँदै कारागार चलान गरिएको र ७ करोड ४५ लाख ८१ हजार ८ सय १४ रुपैयाँ जरिवाना असुलका लागि अदालतमा पठाइएको एसपी क्षेत्रीले बताए।

    ‘फौजदारी अपराधको कसुर ठहर भएर सजाए पाएका व्यक्तिहरु समाजमा घुमिराख्नु शान्ति सुरक्षामा चुनौतीको विषय हो’,उनले भने,‘जसप्रति हामी निर्मम रुपमा उत्रिएका छौँ।’ प्रहरीले फौजदारीका साथै देवानीमा मुद्दामा सजाए पाएर फरार प्रतिवादीहरुलाई पक्राउ गरिरहेको छ।

    वार्षिक कार्य प्रगती विवरण सार्वजनिक गर्दै रुपन्देही प्रहरी । तस्विर: क्लिक लुम्बिनी ।

    दशकौँ अघि फरार प्रतिवादीको हुलिया, व्यक्तिगत पहिचान, पेशा, ठेगाना लगायत परिवर्तन गरेर बस्ने गरेकोले उनीहरुलाई पक्राउ गर्नमा चुनौती रहेपनि प्रहरी दिनरात खटेर कार्यसम्पादन गरिरहेको उनी बताउँछन्। उनका अनुसार, कानुनी राज्य र विधिको शासन प्रत्याभूति गराउने उद्देश्यले चलाइएको अभियान अन्र्तगत दैनिक जसो फरार प्रतिवादीहरुलाई पक्राउ गरेर सजाए भुक्तानका लागि अदालतमा पेश गर्ने कार्य भइरहेको छ।

    यस्तै प्रहरीले लागुऔषध ओसारपसारमा संग्लन २ सय २२ जनालाई पक्राउ गरेको छ । जसबाट गाँजा ११३ किलो बढी, ब्राउन सुगर ७३२ ग्राम बढी, चरेश २० किलो लगायतका लागुऔषध बरामद भएको छ।

    त्यस्तै प्रहरीले एक वर्षमा अवैध रुपमा माटो तथा नदीजन्य पदार्थ उत्खनन् गर्ने ६० वटा ट्याक्टर, ३० वटा भ्याकु लोडर र २३ वटा टिप्परहरुलाई कारवाहीका लागि विभिन्न स्थानीय तहमा पठाइएको प्रहरीले जनाएको छ।

    एक वर्षको अवधिमा जिल्लामा ४१ वटा विभिन्न मुद्दा शिर्षकमा १ हजार ७ सय ७ वटा मुद्दा दर्ता गरिएकोमा १ हजार १ सय ४५ वटा फछर्यौट गरिएको छ । ५ सय ६२ वटा मुद्दा अनुसन्धानमा रहेको तथ्यांकमा उल्लेख छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    प्रदीप बहादुर क्षेत्री रुपन्देही प्रहरी रुपन्देही प्रहरी प्रगति
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    पार्टी र सरकारबीच द्वन्द्व छैन, कार्यकर्ताले राजनीतिक संस्कार अपनाउनू : रवि लामिछाने

    २०८३ कार्तिक २१, शुक्रबार २२:५६ गते

    पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सिफारिस

    २०८३ कार्तिक २१, शुक्रबार २२:४० गते

    आनी छोइङको नियुक्ति विरुद्ध लुम्बिनीमा प्रदर्शन

    २०८३ कार्तिक २१, शुक्रबार २१:२८ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.