
काठमाडौं,१साउन। नाबालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नेपाली सेनाको शमशेर दल गण कपिलवस्तु गोरुसिंगेमा हवल्दार पदमा कार्यरत ३७ वर्षीय दिपक राउत रहेको प्रहरीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार पक्राउ परेका राउतले ८ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा छ ।
पीडितकी आमाले दिएको जाहेरीका आधारमा राउतलाई पक्राउ गरिएको आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्

