Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:३५ गते0
    प्रमुख समाचार

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:२१ गते0
    प्रमुख समाचार

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:१५ गते0
    विशेष

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:०२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » दाउन्ने सडकखण्ड : एक वर्षमा ६३ पटक अवरुद्ध
    प्रमुख समाचार

    दाउन्ने सडकखण्ड : एक वर्षमा ६३ पटक अवरुद्ध

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ श्रावण ४, आईतवार १२:०१ गते
    advertisement
    advertisement
    advertisement

    नवलपरासी,४साउन । बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का अनुसार, भारी वर्षासँगै आएको पहिरो वा माटो खसेको कारण सडक अवरुद्ध भएको हो। सडक मर्मतका क्रममा ठूला उपकरण जाम हुँदा र ट्रक बिग्रिएर रोकिँदा पनि सडक घण्टौँसम्म अवरुद्ध भएको थियो।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    बुटवल–नारायणगढ सडक विस्तारका लागि दाउन्ने पहाडमा भित्तो कटानको काम सुरु गरेसँगै सडक अवरुद्ध हुने क्रम बढेको हो। १४ किलोमिटरको उक्त दाउन्ने खण्डमा गत आर्थिक वर्षमा पहिलेभन्दा धेरैपटक सडक अवरुद्ध भएको ट्राफिक प्रहरी प्रमुख जनक बन्जाराले बताए। वर्षामा लगातार पहिरो र हिलो तथा घाम लाग्दा खाल्डाखुल्डी र धुलोले यो खण्ड सधैँ समस्याग्रस्त रहने गरेको छ।

    गत पुस २६ गते विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासको विनयी खोला पुल भाँचिएपछि यातायात थप अस्तव्यस्त भएको थियो। तर, गत असार १९ गतेदेखि नयाँ पुल सञ्चालनमा आएपछि यो समस्या टरेको छ।

    दाउन्ने सडकखण्ड विस्तारका लागि केही समय दिन र रातको निश्चित अवधिमा अत्यावश्यक बाहेकका सवारी साधनलाई रोक लगाइएको थियो। अहिले यस खण्डमा पर्खाल लगाउने, कल्भर्ट निर्माण र सडक ढलानको काम भइरहेको छ।

    नारायणगढ–बुटवल सडकखण्डको ११४ किलोमिटरमध्ये गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटरमा बजार क्षेत्रमा सर्भिस लेनसहित ६ लेन र दाउन्नेको १४ किलोमिटर खण्डमा ३ लेनको सडक विस्तार भइरहेको छ।

    १७ अर्ब रुपैयाँ लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीन पटक म्याद थपिसकेको छ । र, आगामी साउन मसान्तसम्म काम सम्पन्न गर्नुपर्नेछ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    दाउन्ने दाउन्ने सडक बुटवल–नारायणगढ सडक विनयी त्रिवेणी गाउँपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    २०८३ कार्तिक ११, मंगलवार १७:१५ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.