
काठमाडौं,४साउन। नेपाल र भारतबीच ९ वर्षदेखि हुन नसकेको गृहसचिवस्तरीय बैठक यसै साता बस्ने भएको छ। संघीय संसद राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले यो जानकारी दिएका हुन्।
बैठकमा गृह मन्त्रालयका सचिवको नेतृत्वमा परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, प्रधानमन्त्री कार्यालय, नापी विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च पदस्थ अधिकारीहरुका साथै भारतीय पक्षका प्रतिनिधिहरु सहभागी हुनेछन्।
Advertisement

Advertisement
Advertisement

गृहमन्त्री लेखकका अनुसार, यस बैठकमा सीमामा हुने अपराध नियन्त्रण, सीमास्तम्भहरुको मर्मतसम्भार लगायतका विषयमा छलफल हुनेछ। साथै, सीमा क्षेत्रमा हुने आवतजावतलाई व्यवस्थित गर्ने विषयमा पनि छलफल गरिनेछ। सीमा निर्धारण र विवाद समाधानका लागि छुट्टै संयन्त्रहरु भए पनि सीमा सुरक्षा र अपराध नियन्त्रणका लागि गृहसचिवस्तरीय संयन्त्रले नै काम गर्ने उनले स्पष्ट पारे।
गृहमन्त्री लेखकले २०१२ सालमा बनेको प्रहरी ऐनलाई प्रतिस्थापन गर्न हालै संसदमा विचाराधीन रहेको प्रहरीसम्बन्धी विधेयकले प्रहरीलाई सक्षम बनाई शान्तिसुरक्षा कायम गर्न मद्दत पुग्ने विश्वास पनि व्यक्त गरे।

