
काठमाडौं,५साउन। साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले उचालेको छ। लिग चरणको अन्तिम खेलमा नेपाललाई ४-० गोल अन्तरले पराजित गर्दै घरेलु टोली बंगलादेशले उपाधि उचालेको हो।
ढाकास्थित किङ्स एरेनामा भएको खेलमा बंगलादेशको जितमा सागोरिकाले एक्लै ४ गोल गरिन्। उनले खेलको ८औं मिनेटमा पहिलो गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन्।



दोस्रो हाफमा थप आक्रामक देखिएको बंगलादेशका लागि सागोरिकाले ५१औं, ५८औं र ७७औं मिनेटमा गोल थप्दै टोलीलाई च्याम्पियन बनाइन्। पहिलो हाफमा १-० को अग्रता लिएको बंगलादेशले दोस्रो हाफमा थप ३ गोल गरेको थियो।