Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » सिनामंगलको हवाई इन्धन डिपो स्थानान्तरण हुने, डीपीआर तयार
    अर्थ

    सिनामंगलको हवाई इन्धन डिपो स्थानान्तरण हुने, डीपीआर तयार

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ श्रावण ८, बिहीबार १६:०९ गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,८ साउन। नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको करिब पाँच दशक पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ।

    गुह्येश्वरी नजिकै नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउने सहमती भएको ५० रोपनी क्षेत्रफलको जग्गामा निगमको डिपो स्थानान्तरण हुनेछ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    निगमले २०८४ मंसिरभित्र नयाँ अत्याधुनिक डिपो निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। यसका लागि पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले तयार पारेको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बिहीबार आयल निगम सिनामंगललाई हस्तान्तरण गरेको छ। आगामी भदौ महिनाभित्रै टेन्डर आह्वान गर्ने तयारी रहेको निगमले जनाएको छ।

    निगमका सिनामंगल डिपो प्रमुख प्रदीपकुमार यादवका अनुसार, हालका डिपोहरु पुराना प्रविधिका छन् भने अब बन्ने नयाँ डिपो अत्याधुनिक हुनेछ। उनका अनुसार सरकारी इन्जिनियरहरुबाट पहिलो पटक ६ अर्ब ५४ करोड २९ लाख ५ हजार ५७ रुपैयाँ अनुमान गरिएको प्रोजेक्टको डीपीआर निर्धारित समय भित्रै बुझाउने काम भएको छ।

    यसले आगामी दिनमा परियोजनालाई अघि बढाउन सघाउ पुग्नेछ । पहिला पनि आयल निगमले पुल्चोक इन्जिनियरिङको सहयोगमा पोखरामा एयर डिपो बनाएको बताए। उनले जहिले पनि एडीबी, विश्व बैंकको सहयोग लिने र बाहिरका विज्ञहरुलाई डीपीआरमा गुहार्ने तर उनीहरुले समयमै काम नगरिदिँदा आयोजनाहरुमा ढिलाइ हुने गरेको बताए । उनले डीपीआर निर्माणको काम नेपालीहरुले राम्रोसँग गर्नसक्ने बताए।

    उनले विगतमा नागरिक उड्डयन प्राधिकरणले जर्मनको हन्सा कन्सल्टबाट ५० करोडभन्दा बढी खर्च गरेर बनाएको डीपीआरको तुलनामा पुल्चोक इन्जिनियरिङ क्याम्पसले मात्र १ करोड ९८ लाखमा समयमै डीपीआर तयार पारेको उल्लेख गरे। यसले नेपाली व्यवसायी र इन्जिनियरहरुलाई प्रोत्साहन मिल्ने उनको भनाइ छ।

    नयाँ डिपो पूर्णरुपमा स्वचालित एल ३ स्तरको अटोमेसनयुक्त हुनेछ । प्रस्तावित योजना अनुसार हाललाई ३ हजार किलोलिटर क्षमताका ५ वटा भर्टिकल ट्यांकी निर्माण गरिने छ भने भविष्यमा भण्डारण क्षमता थप गर्न पर्याप्त खाली स्थानको समेत व्यवस्था गरिने छ ।

    यस्तै इन्धन लोडिङ तथा अनलोडिङका लागि क्रमशः ६ र ८ वटा ‘बे’ निर्माण गरिने छ । अन्तर्राष्ट्रिय उडान भर्ने जहाजका लागि ७ वटा पिट हाइड्रान्ट रिफ्युलिङ सिस्टम र २ वटा रिफ्युलिङ डिस्पेन्चर रहनेछन् ।

    निगमका अनुसार डिपोमा अग्नि सुरक्षाका लागि २ हजार १ सय किलोलिटर क्षमताका २ वटा स्टाटिक वाटर ट्यांक र पूर्णस्वचालित फायर फाइटिङ सिस्टम जडान गरिने छ । यसबाहेक प्रशासनिक भवन, प्रयोगशाला भवन, मर्मतसम्भार यार्ड र सुरक्षार्थ खटिने नेपाली सेनाका लागि छुट्टै आवासीय तथा कार्यकक्ष समेत निर्माण गरिने जनाइएको छ ।

    यस्तै अन्तर्राष्ट्रिय स्तरका मापदण्ड एपीआई, आईएसडीको पूर्णपालना गरिने निगमले जनाएको छ । गत आव मंसिरमा निर्माण कार्य सुरु गरी दुई वर्ष (२०८४ मंसिर) भित्र निर्माण सम्पन्न गरी डिपो सञ्चालन गर्ने निगमको योजना रहेको डिपो प्रमुख यादवले जानकारी दिए ।

    पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका सहप्राध्यापक डा. सुरज लामिछानेले पनि निगमसँगको सम्झौता अनुसारै समयमै काम सम्पन्न गरी डीपीआर बुझाउन सफल भएको बताए।

    हालको डिपो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै जोडिएको हुँदा यसले विमानस्थल र स्थानीय बासिन्दा दुवैलाई जोखिम बढाएको भन्दै आलोचना हुँदै आएको थियो। साथै, विमानस्थलको ट्याक्सी वे पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभएको गुनासो थियो। डीपीआर तयार भएसँगै अब आवश्यक प्रक्रिया तत्काल अघि बढाइने निगमले जनाएको छ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    नेपाल आयल निगम सिनामंगल सिनामंगल डिपो सिनामंगल हवाई इन्धन डिपो
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.