


काठमाडौं,९ साउन। भारतको मणिपुरमा थप ६ महिनाका लागि राष्ट्रपति शासन बढेको छ। राज्यसभाले सूचना जारी गर्दै अगस्ट १३, २०२५ देखि लागू हुने गरी राष्ट्रपति शासन बढेको जनाएको छ ।
जारी सूचनामा भनिएको छ ,‘यो सदनले संविधानको धारा ३५६ अन्तर्गत मणिपुरको सम्बन्धमा १३ फेब्रुअरी, २०२५ मा राष्ट्रपतिद्वारा जारी गरिएको घोषणालाई १३ अगस्ट, २०२५ देखि ६ महिनाको अवधिका लागि निरन्तरता दिन अनुमोदन गर्दछ।’

फेब्रुअरी १३ मा एन बिरेन सिंहले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि मणिपुरमा राष्ट्रपति शासन लागू गरिएको थियो।
राज्यमा मे २०२३ देखि जातीय द्वन्द्व जारी छ। जसकारण अझै स्थायी रुपमा शान्ति स्थापित भएको छैन।

