


काठमाडौं,९ साउन। सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।
कार्यालयले शुक्रवार एक सूचना जारी गर्दै विभिन्न निकायहरुको सिफारिसमा ती निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जनाएको छ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई तीन वर्षदेखि एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ।
कालोसूचीमा राखिएको अवधिभर उक्त कम्पनीहरु कुनै पनि सार्वजनिक खरिद कार्यक्रममा सहभागी हुन पाउने छैनन् ।
हेर्नुहोस् सूची:


