


काठमाडौ,९ साउन। नेपालको स्थानीय बजारमा शुक्रवार सुनको मूल्यमा गिरावट आएको छ।
आज सुन तोलामा पाँच सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुन प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ। शुक्रवार चाँदी ५ रुपैयाँले बढेर दुई हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदीको मूल्य दुई हजार ३३५ रुपैयाँ कायम थियो।
कमेन्ट गर्नुस्

