
भैरहवा,१० साउन । भैरहवामा अगामी साउन दोस्रो साता ‘भैरहवा कार्निभल-२०८२’आयोजना हुने भएको छ। प्लाटिनम इभेन्ट्स प्रालि र गृहलक्ष्मी समूहको संयुक्त आयोजनामा अनाथ आश्रमका लागि सहयोगार्थ भैरहवास्थित महेन्द्र सभागृहको खुल्ला परिसरमा ‘भैरहवा कार्निभल-२०८२’ हुने भएको हो
आयोजकले पत्रकार सम्मेलनको आयोजना गरेर कार्निभल (महोत्सव)मा बृहत् नृत्य प्रतियोगिता र खाना महोत्सव मुख्य आकर्षणका रहेको बताएको छ। प्लाटिनम इभेन्ट्स प्रालिका संयोजक ओजस शर्माका अनुसार नृत्य प्रतियोगितामा भैरहवा र आसपासका क्षेत्रबाट करिब २ सय जना प्रतियोगी सहभागी हुने आयोजकको अपेक्षा छ। प्रतियोगिता जुनियरतर्फ (५ देखि १५ वर्ष उमेह समूह) र सिनियर (१६ वर्षमाथी उमेर समूह) गरी विभाजन गरिएको छ।
Advertisement

Advertisement
Advertisement

प्रतियोगिताको पहिलो अडिसन जारी छ भने क्वाटरफाइनल, सेमिफाइनल र फाइनल क्रमशः साउन १५, १६ र १७ गते हुने उनले बताए।
‘लुकेका प्रतिभाहरुलाई प्रस्फुटन गराउनका लागि हामीले ‘भैरहवा कार्निभल’को आयोजना गरेका हौं’,पत्रकार सम्मेलनमा संयोजक शर्माले भने, ‘जहाँ स्थानीयहरुले विभिन्न नेपाली मौलिक परिकारकोे स्वाद चाख्न पाउनका साथै लुकेका प्रतिभाहरु पनि बाहिर देख्न पाउनेछन्।’
महोत्सवमा विभिन्न परिकारका ३० वटा खानाका स्टल रहने बताइएको छ। तीन दिन अपरान्ह ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने महोत्सवमको तीनै दिनका लागि प्रतिव्यक्ति ५ सय रुपैयाँको टिकट शुल्क तोकिएको छ।
प्रतियोगितामा सिनियरतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार पाउने र जुनियरतर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः २५, १५ र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने गृह लक्ष्मी समूहको अध्यक्ष मञ्जु रेग्मी शर्माले बताइन्।
उनका अनुसार प्रतियोगिता निर्णायकको निर्णयमा आधारित हुने र कुनै पनि प्रकारको भोटिङ प्रणालीको लागु गरिएको छैन। प्रतियोगिताको निर्णायकमा पुनम थापा, शुभम शुक्ला, वीरेन्द्र कुँवर र फाइनलमा सुजन मार्फा समेत निर्णायक रहनेछन् । यो कार्निभलले मनोरञ्जनका साथै सामाजिक कार्यमा पनि टेवा पुर्याउने आयोजकले विश्वास लिएका छन्।

