
भैरहवा,१०साउन। भैरहवास्थित पक्लिहवा कृषि क्याम्पस क्षेत्रको डण्डा खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार पौडी खेल्ने क्रममा सिद्धार्थनगर नगरपालिका-९ का १४ वर्षीय प्रज्वल अर्याल र नवलपरासीको बिनय त्रीबेणी गाउँपालिका-६ घर भई हाल सिद्धार्थनगर नगरपालिका-७ का १५ वर्षीय दिनेश न्यौपानेको मृत्यु भएको हो।
Advertisement

Advertisement
Advertisement

खोलामा पाँच जना पौडी खेल्न गएपनि दुई जना बालक बाहिर नआएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजको क्रममा दुई जनालाई मृत अवस्थामा फेला पारेको थियो।
शव पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा पठाइएको र घटनाका सम्बन्धमा थप आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

