
काठमाडौं,११ साउन। जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मोरङ र उदयपुरमा भएको जबरजस्ती करणीका घटनामा २ जना पक्राउ परेका हुन् ।
मोरङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सुन्दरहरैंचा नगरपालिका-६ नमुना चोकका ३७ वर्षीय खगेन्द्र विक रहेका छन्। विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
Advertisement

Advertisement
Advertisement

त्यस्तै उदयपुरमा २४ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा चौदण्डीगढी नगरपालिका-९ हडियाका ४८ वर्षीय गजेन्द्र गिरीलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।
गिरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

