
बुटवल,११ साउन। रोटरी क्लब अफ रुपन्देहीको १४ औं पदस्थापन समारोह सकिएको छ। क्लबका वर्ष २०२४/२५ का अध्यक्ष प्रमोद पन्थी नेतृत्वका पदाधिकारीले वर्तमान अध्यक्ष कृष्ण गौतम लगाएतका पदाधिकारीहरुलाई पद हस्तान्तरण गरेका छन्।
पदस्थापन समारोह रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल-भुटानका डिस्ट्रिक्ट गभर्नर इलेक्ट विष्णुबहादुर कार्कीको प्रमुख आतिथ्यता तथा क्लबका अध्यक्ष गौतमको अध्यक्षतामा भएको थियो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

पदस्थापन समारोहमा वर्ष २०२४/२५ का अध्यक्ष प्रमोद पन्थीले वर्ष २५/२६ का अध्यक्ष कृष्ण गौतमलाई चार्टड प्रमाणपत्र, ग्राभल र ह्याम्मर हस्तान्तरण गरेका थिए । प्रमुख अतिथि कार्कीले क्लबका अध्यक्ष कृष्ण गौतमलाई रोटरीको कल्लर लगाइिदएका थिए। कल्लर ग्रहण पश्चात क्लवका अध्यक्ष गौतमले क्लबको नियमित ६१७ ओ बैठक आह्वान गर्दै सञ्चालन गरेका थिए ।
समारोहमा वर्तमान अध्यक्ष कृष्ण गौतमले बर्ष २०२५/२६को बोर्डलाइ परिचत गराउदै सफथ ग्रहण गराएका थिए। त्यस्तै क्लवका निर्बतमान अध्यक्ष प्रमोद पन्थीले वर्ष २०२४/२५मा गरेका कार्यहरुको विषयमा जानकारी गराउँदै बर्ष २०२४/२५मा बिशेष सहयोग गर्ने सदस्यहरुलाइ सम्मान गरेका थिए ।

डिस्ट्रिक्ट गभर्नर कार्कीले रोटरीको भावना र मर्म अनुसार काम गर्न क्लब नेतृत्व र सदस्यहरुलाई सुझाब दिए। कार्यक्रममा विशिष्ठ अतिथि तथा कलवका एसाइन एसिस्टेन्ट गर्भरनर दिनेश सुवेदी तथा क्ल्वका संस्थापक अध्यक्ष राजेन्द्र सुवेदीले क्लबको विगतका साकारात्मक अभ्यासहरुलाई निरन्तरता दिँदै थप सिर्जनशिल भएर लाग्न आग्रह गरे।
पत्रकार सुस्लिङलाई रोटरी सामाजिक पत्रकारिता पुरस्कार
क्लवले प्रदान गर्दै आएको रोटरी सामाजिक पत्रकारिता पुरस्कार-२०८२ पत्रकार डि.बी.सुस्लिङलाई प्रदान गरिएको छ। क्लबका पूर्वअध्यक्ष गौतम भुसालले आफ्ना स्व.हजुरबुबा केशवराज भुसाल र हजुरआमा हिमादेबी भुसालको स्मृतिमा क्लवले प्रदान गर्नेगरी स्थापना गरेको उक्त पुरस्कार प्रत्येक वर्ष प्रदान गर्दै आएको छ। उक्त पुरस्कार यस अघि क्लबले बुटवलको पत्रकार भगवती पाण्डेलाई प्रदान गरेको थियो।
पुरस्कारका संस्थापक एवं क्लबका पूर्वअध्यक्ष भुसालले क्लबले सामाजिक क्षेत्रमा काम गर्दै आएको बताउँदै रुपन्देहीमा रहेर सामाजिक क्षेत्रमा विशेष कलम चलाउने एकजना पत्रकारलाई प्रत्येक वर्ष एघार हजार एक सय एघाररुपैया नगद तथा प्रमाण पत्र सहित सम्मान गर्दै आएको बताए । पुरस्कार रकमलाई समेत क्रमशः वृद्धि गरिने उनको भनाई छ।
क्लबका प्रेसिडेण्ट नोमिनि तथा कार्यक्रम संयोजक बिक्रम रिजालको स्वागत मनतव्य तथा क्लबका पूर्वअध्यक्ष देवानन्द पाण्डेको धन्यवाद ज्ञापनमा सकिएको कार्यक्रमको संचालन बर्ष २०२५/२६ का सचिव ओम बहादुर खत्री संचालन गरेका थिए । विभिन्न पेशा व्यवसायमा संलग्नहरुको सक्रियतामा सन् २०१० मा क्लब स्थापना भएको थियो।

