


पोखरा, १२ साउन। विगत केही दिनदेखि सम्पर्कविहिन रहेका सिन्धुलीका हायू परिवार पोखराको गगनगौंडामा भेटिएका छन्। परिवारका १६ जना सदस्यहरु मध्ये एक जना छोरी सुजता हायू पहिल्यै देखि श्रीमानसँग काठमाडौंमा बस्दै आएकी थिइन् ।
सम्पर्कविहिन भएका परिवारका सदस्यहरु पोखरा महानगरपालिका–३० स्थित गगनगौंडा भेटिएको जिल्ला प्रहरी कास्कीका एसपी श्यामबाबु ओलियाले बताए। उनका अनुसार परिवारका सदस्यहरु सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा फेला परेका हुन्।

सिन्धुलीबाट सबैजना गाडी रिजर्भ गरेर पोखरा आएका थिए। शनिवार उनीहरु पोखराको होटलमा बसेर आइतबार होटलबाट निस्किएका थिए। परिवारका सदस्यहरुले आफुहरु मजदुरीको काम गर्न पोखरा आएको प्रहरीलाई बताएका छन्।
परिवारका सदस्यहरुलाई इलाका प्रहरी कार्यालय सिसुवा ल्याएर आफन्तको जिम्मा लगाउने काम भइरहेको उनले बताए।
यी हुन् हायू परिवारका १५ जना
१. उर्मिला हायु, ५२ वर्ष (आमा)
२. कमला हायु, २७ वर्ष (जेठी छोरी)
३. कोमल माया हायु, २३ वर्ष (माइली बुहारी)
४. उषा हायु, १९ वर्ष (छोरी)
५. अस्मिता हायु, १८ वर्ष (छोरी)
६. राजु हायु, २९ वर्ष (जेठो छोरा)
७. हिमाल हायु, २४ वर्ष (माइलो छोरा)
८. लाल बहादुर हायु, १६ वर्ष (साँइलो छोरा)
९. वेग बहादुर हायु, १४ वर्ष (छोरा)
१०. लक्ष्मण हायु, ११ वर्ष (छोरा)
११. सुवर्ण हायु, १२ वर्ष (छोरा)
१२. ओम कुमारी हायु, १० वर्ष (छोरी)
१३. अर्जुन हायु
१४. रियासा हायु,
१५. शान्ता हायु, १५ वर्ष (छोरी)

